२०७६ असोज २४ गते शुक्रबारको तपाईको राशिफल


२४ आश्विन २०७६, शुक्रबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रमाईलो यात्रा रहने छ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ कार्यको योजना बन्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । धार्मिक यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभ कार्यको चर्चा चल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ । स्वादिष्ट भोजन पाइने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटेको र ताकेको कार्य पूरा होला । शुभ कार्यको चर्चा चल्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइने छ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभ कार्यको चर्चा चल्ने छ । राज्यबाट सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । कुटुम्बको सहयोग मिल्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बिद्या तथा प्रतिष्पर्धामा सफल भइने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । प्रेमीको सहयोग पाइने छ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ अतः काम गर्दा सजक भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
जोश जाँगर र हिम्मत बढ्ने छ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । परिवारिक सद्भाव बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक झमेलामा परिएला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ । पढाइमा बाधा पनि आउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
परोपकारी कार्यमा संलग्न भइने छ । आत्मबलमा बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७