सान मारिनोको पोष्टमा बेल्जियमको नौ गोल, युरोकपमा छनौट


२४ आश्विन २०७६, शुक्रबार
post

काठमाडौं, २४ असोज । सान मारिनोको पोष्टमा नौं गोल गर्दै बेल्जियम अर्को वर्ष हुने युरोकप फुटबलमा छनोट हुने पहिलो टोली बनेको छ ।

बिहीबार राति भएको खेलमा बेल्जियमले सान मारिनोलाई ९–० को विशाल गोल अन्तरमा पराजित गरेको छ ।

जितसँगै समूह ‘आई’ मा रहेको बेल्जियमले ७ खेलबाट २१ अंक जोडेको छ । दोस्रो स्थानको रुसको १८ अंक छ । युरोकप फुटबल छनोटकै अर्को खेलमा रुसले स्कटल्यान्डलाई ४–० ले हराएको छ ।

यस्तै, समूह ‘सी’को खेलमा नर्दन आयरल्याण्डलाई ३–१ ले हराउँदै नेदरल्याण्ड्स शीर्ष स्थानमा उक्लिएको छ । डच टोलीले ५ खेलबाट १२ अंक जोड्दा समान १२ अंक जोडेको जर्मनी दोस्रो स्थानमा झरेको छ ।

समूह ‘ई’ को खेलमा क्रोएसियाले हंगेरीलाई ३–० ले हराउँदा स्लोभाकिया र वेल्सले १–१ गोलको बराबरी खेलेका छन् ।

यसैगरी, समूह ‘जी’मा अष्ट्रियाले इजरेललाई ३–१ ले पराजित गर्दा पोल्याण्डले लात्भियालाई ३–० ले तथा उत्तरी मेसेडोनियाले स्लोभेनियालाई २–१ ले हराएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७