भोजपुर मुठभेडमा मारिएका सञ्जीव राईसहित ४३ अमर प्रहरी घोषित


२४ आश्विन २०७६, शुक्रबार
Sanjib Rai

काठमाडौं, २४ असोज । भोजपुरमा विप्लव समूहसँग भएको मुठभेडमा मारिएका सञ्जीव राईसहित ४३ अमर प्रहरी घोषित भएका छन् ।

नेपाल प्रहरीले प्रधान कार्यलय नक्सालमा आयोजना गरेको ६४ औं प्रहरी दिवश कार्यक्रम राईसहित ४३ जनालाई अमर प्रहरी घोषित गरेको हो ।
प्रहरी हवल्दार सञ्जीवकुमार राई भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच गोली हानाहानमा मृत्यु भएको थियो ।

प्रहरीले आफ्नो स्थापना दिवसमा हरेक वर्ष अमर प्रहरी घोषित गर्दै आएको छ ।
त्यस्तै, प्रहरीले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक यादव अधिकारीलाई प्रदान गरेको छ ।

यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड हाल मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको छ । उनले जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण र अनुसन्धानका लागि पाँचवटा फरक अभियान सञ्चालन गरेको थिए ।

यसैगरी रुपन्देहीका तत्कालीन एसपी हृदय थापाले दोश्रो र सुर्खेतका तत्कालीन एसपी वसन्त रजौरेले तेस्रो पुरस्कारबाट पुुरुष्कृत भए ।

याे पनि पढ्नुहाेस्
भोजपुर सदरमुकाममै विप्लव-प्रहरीको गोली हानाहान, दुईको मृत्यु, एक घाइते
चिनजानकै साथी थिए प्रहरी र प्रशान्त, एकले अर्कालाई ‘झुक्याउँदा झुक्याउँदै’ मारिए दुबै

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७