मन्त्रीको चियापान कार्यक्रममा सिलिण्डर विष्फोट, चार जना घाइते


२५ आश्विन २०७६, शनिबार
gas bisphot 20191012115807

जनकपुर, २५ असोज । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रममा सलिण्डर ग्याँस विष्फोट भएको छ ।

विष्फोटबाट चार जना घाइते भएका छन् । शुक्रबार सोनमा गाउपालिका–८ स्थित सिंहाशनीमा आयोजित चियापान कार्यक्रममा ग्याँस लिक भएर सिलिण्डर बिष्फोट भएको हो ।

महोतरीको सोनमा गाउपालिका–८ सिंहासनिमा समाजवादी पार्टी नगर कार्य समितिले आयोजना गरेको कार्यक्रममा सहभागिका लागि चिया पकाउँदै गरेका चार जना घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो सोनमा गाउपालिकाको–८ स्थित श्री रारामावि सुकचैनामा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर आगो लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ।

सोनमा गाउँपालिका–८ का २५ वर्षीय सरोज कुमार यादव, २६ वर्षीय कौशल यादव, २६ वर्षीय रितेश कुमार यादव र १७ वर्षीय सन्तोष पासवान घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घाइते ४ जनाको जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । ग्याँस चुल्हा बग्रिएर घटना भएको प्रत्यक्षदर्शीहरुले बताएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७