कांग्रेस सांसद आलममाथि अनुसन्धान गर्न थपियो म्याद


२८ आश्विन २०७६, मंगलवार
सांसद मोहम्मद अफताव आलम

गौर, २८ असोज । १३ जना मानिसलाई इँटाभट्टामा ज्यूदै जलाएर हत्या गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री आफताव आलममाथि थप अनुसन्धान हुने भएको छ ।

सांसद आलमलाई हिरासतमै राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले सात दिनको म्याद थप गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतले म्याद थप गरिएको हो ।

प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले सात दिनको म्याद थप गरेको डीएसपी कार्कीले जानकारी दिएका छन् ।

२०६४ साल चैत २७ गते राजपुरमा भएको बमकाण्डका आरोपी सांसद आलमलाई इद्रिसगेटमा समात्नुअघि पक्राउ पुर्जी दिँदा लिन नमान्दा स्थानीय पाँच जनाको साक्षी राखेर प्रहरीले नियन्त्रणमा लिएको हो । सांसद आलमलाई आइतवार बिहान करीब ११ बजे इद्रिसगेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७