यी हुन् दाङमा पक्राउ परेका विप्लवका दाइ चन्द्रबहादुरसहितका २१ नेता (नामावलीसहित)


३० आश्विन २०७६, बिहीबार
chanda

दाङ, ३० असोज । प्रहरीले दाङमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको वैठक स्थलमै छापा मारेर २१ नेता–कार्यकर्तालाई एकैपल्ट पक्राउ गरेको छ ।

प्रहरीले चलाएको अप्रेसनमा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाजु चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ सहित २१ जना नेता रहेका छन् ।

बिहीबार राति १ बजेतिर वैठक बसिरहेको समयमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्यपश्चिम कमाण्डका धेरै नेताहरु छन् ।

स्थानीयस्तरबाट पक्राउ परेका नेताहरुको नामावली प्राप्त भएको छ । तर, प्रहरीले विप्लवका दाइ वीरजङ्ग बाहेक सबैको नाम र विवरण प्राप्त भइनसकेको जनाएको छ । पक्राउ परेका सबै नेता–कार्यकर्ताबारे प्रहरीले अहिले पुष्टि गरेको छैन ।

प्रहरीले आज (बिहीबार) दिउँसो पत्रकार सम्मेलनमार्फत नाम सार्वजनिक गर्ने जनाएको छ । विप्लव दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’ पक्राउ परेकामध्ये सबैभन्दा ठूला नेता हुन् । उनी पार्टीको केन्द्रीय सदस्य तथा पश्चिम कमाण्ड र लुम्बिनी ब्यूरो इन्चार्ज हुन् ।

अरू थुप्रै नेता तथा कार्यकर्ताहरु प्रहरीले घेरा हालेको ठाउँभन्दा छुट्टै घरमा बसेकाले भाग्न सफल भएको स्रोतले जानकारी दिएको छ ।
यी हुन् दाङमा पक्राउ परेका विप्लव समूहका नेता

१) चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’– केन्द्रीय सदस्य, लुम्बिनी ब्यूरो र मध्य पश्चिम कमाण्ड इन्चार्ज ।
२) केशवबहादुर बाँठा मगर ‘सुवास’ – राप्ती ब्यूरो इन्चार्ज ।
३) रामबहादुर थापा ‘सुन्दर’– राप्ती ब्यूरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक ।
४) सविन पोख्रेल – राप्ती ब्यूरो कार्यालय सचिव ।
५) यमलाल कटुवाल ‘विक्रम’– दाङ जिल्ला इन्चार्ज ।

६) प्रदीप वली – दाङ जिल्ला सेक्रेटरी ।
७) बविन केसी ‘जंगली’ – युवा संगठन नेपाल केन्द्रीय अध्यक्ष ।
८) सुनिल पौडेल– बुद्धिजीवि ।
९) एकराज चौधरी– एरिया नम्बर ४ इन्चार्ज, जिल्ला जनपरिषद् सदस्य ।
१०) धनबहादुर बोहोरा ‘महान’– एरिया नम्बर १ इन्चार्ज, राजपुर गाँउपालिका सेक्रेटरी ।
११) तिलक पुन–पूर्व जनमुक्ति सेना
१२) सुरज विक–दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष ।
१३) हितप्रसाद रोका–पार्टी सदस्य ।
१४) पोष्टमान घर्ती–रोल्पा जिल्ला सदस्य ।
१५) दलबहादुर खत्री ।
१६) अमित घर्ती मगर ।
१७) बालकृष्ण शर्मा ।
१८) जीत क्षेत्री ।
१९) रमेश आचार्य ।
२०) बिष्णु थापा ।
२१) कुलबहादुर ओली ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७