न्याम्सको स्नातकोत्तर तहको प्रवेश परीक्षा स्थगित


२ कार्तिक २०७६, शनिबार
Nams

काठमाडौं, २ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज (शनिबार) हुने भनिएको स्नातकोत्तर तहको एमडी, एमएस र एमडिमएसको प्रवेश परीक्षा स्थगित गरेको छ ।

न्याम्सले आजका लागि परीक्षा तय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार प्रवेश परीक्षा स्थगित भएको न्याम्सका डिन प्रा. डा. पियूष दाहालले जानकारी दिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान छ ।

न्याम्सलाई नयाँ शैक्षिक सत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी, एमएस र एमडिमएस ११५ र डिएम, एमसीएचतर्फ २१ सिट मा अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७