२०७६ कार्तिक ११ गते सोमबारको तपाईको राशिफल


११ कार्तिक २०७६, सोमबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिश्वास गरेकाले साथ दिनेछन् । मनोरञ्जनमा सहभागी भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धर्म कर्ममा रुचि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । बाहन सुख मिल्ने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्ने छ । अरुको मन जित्न सकिने छ । चिताएको कामले तीव्रता लिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । महिला वर्गबाट सहयोग मिल्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । साँझमा पैसा खर्च हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
प्रेमीको सहयोग प्राप्त हुनेछ । मान सम्मान पइनाले मन प्रसन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । बैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउने छ । आफ्नो कार्यमा सफलता पाइने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गलत निर्णय लिन पुगिएला । नाक तथा घाँटीमा समस्या आउँला । पैतृक सम्पत्तिमा विवाद बढ्ने छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहकर्मीबाट विरोध आउँला । घर व्यवहारको समस्याले सताउँला । प्रयत्न गरे फाइदा लिन सकिने छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
वाक्चतुर्याइले सङ्कल्प सिद्ध हुनेछ । धर्म कर्ममा रुचि बढ्ने छ । आँटेको र ताकेको कार्य पूरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । धेरै कामहरूबाट एउटै लाभ मिल्ने छ । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७