साउथह्याम्टनलाई हराउँदै म्यान्चेष्ट कारबाओ कपको क्वार्टर फाइनलमा


१३ कार्तिक २०७६, बुधबार
citi

काठमाडौं, १३ कार्तिक । डिफेन्डिङ च्याम्पियन म्यान्चेष्ट सिटी कारबाओ कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

गए राति भएको खेलमा साउथह्याम्टनलाई ३–१ ले हराउँदै सिटी अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अगुएरोले दुई गोल गरे । २० औं मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

३८औं मिनेटमा अगुएरोले गोल गर्दै सिटीको अग्रता २–० मा लम्ब्याए । ५६औं मिनेटमा अयुएरोले अर्को गोल गरेपछि सिटीले ३–० को अग्रता लियो । ७५औं मिनेटमा साउथह्याम्टनका ज्याक स्टेफेन्सले गोल गरेर सिटीको अग्रता ३–१ मा छोट्याए ।

यस्तै गए राति नै भएका अन्य खेलमा लेस्टर सिटी र एभर्टन पनि क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । यसैबीच रियल भालाडोलिडलाई ५–० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा कायम रहन सफल भएको छ ।

गएराति क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई गोल गरे । जितसँगै बार्सिलोना शीर्ष स्थानमा पकड जमाउन सफल भएको छ । १० खेलबाट उसले २२ अंक बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७