माछापुच्छ्रे बैंकको संचालकमा हरिभक्त सिग्देल नियुक्त


१५ कार्तिक २०७६, शुक्रबार
Machhapuchhere

काठमाडौं, १५ कात्तिक। माछापुच्छ्रे बैंकको संचालक पदमा हरिभक्त सिग्देल नियुक्त भएका छन्।

संचालक समितिको ४०८औं बैठकले सर्वसाधारण शेयरधनीकातर्फबाट रिक्त हुन गएको संचालक पदमा उनलाई नियुक्त गरिएको हो। एक वर्षका लागि नियुक्त भएका सिग्देलको सरकारी र नीजि क्षेत्रमा काम गरको लामो अनुभव छ।

देशभर १४१ वटा शाखाहरु, १३१ शाखारहित बैकिङ सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानबाट बैंकले सेवा संचालन गरिरहेको छ।
त्यस्तै, १६५ एटिएम संचालनमा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७