महिलालाई अश्लिल म्यासेज पठाउने घर जग्गा कारोबारी पक्राउ


२१ कार्तिक २०७६, बिहीबार
nepal

मोरङ, २१ कार्तिक । महिलालाई अश्लिल म्यासेज पठाएको आरोपमा मोरङ प्रहरीले एक पर्यटन व्यवसायीलाई पक्राउ गरेको छ ।

फेसबुक म्यासेन्जरमा महिलालाई अश्लिल म्यासेज पठाएको आरोपमा जग्गा कारोबारी तथा पर्यटन व्यवसायी विराटनगर–३ भट्टाचोकका खेमराज नेपाललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले जानकारी दिएका छन् ।

नेपालविरुद्ध अभद्र व्यवहार ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी उनले बताएका छन् । उनी लायन्स क्लबमा पनि सक्रिय छन् । पीडित महिलाले लिखित उजुरी दिएपछि नेपाललाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको खिँउजुको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत गरेको दुर्व्यवहार वा गाली गलौज एवं अश्लिल हर्कतमा विद्युतीय अपराध (साइबर क्राइम) ऐन अन्तर्गतको मुद्दा चल्छ । तर प्रहरीले पीडित महिलाले साइबर क्राइमअन्तर्गत मुद्दा चलाउन नमानेपछि अभद्र व्यावहार मुद्दामा अनुसन्धान थालिएको जनाएको छ । डीएसपी खिँउजुले प्रारम्भिक अनुसन्धानबाट नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लिल सन्देश पठाएको पुष्टि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७