अमेरिका लैजाने भन्दै मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार


२७ कार्तिक २०७६, बुधबार
Malawi map boundaries cities locator 3hg95GJ4Cl

काठमाडौं, २७ कार्तिक । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार भएको हो ।

व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्‍याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै आफ्रिाकाको मलावी भन्ने मुलकमा लगि बन्धक बनाएको पाइएको छ ।

मानव तस्कर गिरोहले नेपालबाट भियतनाममा २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना , दुबईमा ४५ दिन र अजरबैजानमा २० राखेको खुलेको छ । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७