जाहेरीवालाकै निवेदनपछि रुप ज्योतिविरुद्धको मुद्दा फिर्ता


२८ कार्तिक २०७६, बिहीबार
rupjyoti

काठमाडौं, २८ कार्तिक । ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थ राज्यमन्त्री तथा व्यवसायी डा. रुप ज्योतिविरुद्धको मुद्दा फिर्ताका लागि निवेदन परेको छ ।

ठगी आरोपमा पक्राउ परेका डा. रुप ज्योतिविरुद्धको मुद्दा फिर्ताका लागि जाहेरीकर्ता विगेन्द्रकृष्ण मल्ल स्वयम्ले प्रहरीमा निवेदन दिएका छन् । एक हप्ताअघि जाहेरी परेपछि रुप ज्योति र उनकी छोरी सुरुची ज्योति पक्राउ परेका थिए ।

उनीविरुद्ध दुई पटक म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहँदा जाहेरवालाले फिर्ताको निवेदन दिएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार मल्लले जाहेरी फिर्ताका लागि निवेदन दिए पनि प्रहरीले अनुसन्धानको फाइल सरकारी वकिलमा बुझाइसकेको छ ।

तर मल्लले ठगी भएको भनिएको रकम फिर्ता पाएको निवेदन दिएपछि मुद्दा चल्ने वा नचल्ने निर्णय हुन बाँकी छ । बाँसबारीस्थित जग्गा प्लटिङ किनबेचमा ठगी भएको भन्दै मल्लले रुप ज्योतिविरुद्ध उजुरी गरेका थिए । रुप ज्योतिमाथि अनुसन्धानका लागि थपिएको दोस्रो पटकको म्याद आज सकिंदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७