कति पुग्यो सुनचाँदीको भाउ ?


१ मंसिर २०७६, आईतवार
gold 2

काठमाडौं, १ मंसिर । नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ हुने क्रम अझै रोकिएको छैन । तर, साताको पहिलो दिन आज (आइतबार) भने बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७१ हजार आठ सय, तेजावी सुन प्रतितोला ७१ हजार पाँच सय र चाँदी प्रतितोला ८५५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार पनि बजारमा सोही मूल्य स्थिर मूल्यमा सुनचाँदीको कारोबार भएको महासंघले जानकारी दिएको छ ।

अमेरिकी अर्थनीतिको कारण अमेरिका र चिनबीचको व्यापारीक द्वन्द्व र अमेरीकन फेड्रल बैंकले बैंकको निक्षेपमा व्याजदर घट्नु सुनको मूल्य वृद्धिको प्रमुख कारण भएको बताउँदै आएको छ ।
नेपालमा २२ हजार व्यवसायीहरुने सुनको कारोबार गर्दै आएका छन् ।

नेपालमा दैनिक २० किलो सुन खपत हुने गरेको छ भने मुख्य सिजनमा यो परिमाण ४० देखि ५० किलोसम्म पुग्छ । मूल्य वृद्धि भएसँगै सुनको कारोबार कमजोर अवस्थामा पुगेको र दैनिक करिब १० किलोको हाराहारीमा मात्र कारोबार हुने गरेको व्यवसायीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७