मोरङमा सिद्धार्थ बैंकको नँयाशाखा


२ मंसिर २०७६, सोमबार
Siddhartha Bank opens 3 new branches fu52u4aJnk 1


काठमाडौं, २ मंसिर । सिद्धार्थ बैंकले मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सोमबार सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७२ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटिएम र १,६०० भन्दा बढी पोओएस मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७