कास्की-२ को वडा नम्बर-३३ मा नेकपा उम्मेद्वार विद्या भट्टराईकाे अग्रता


१५ मंसिर २०७६, आईतवार
bidhya bhattarai

कास्की, १५ मंसिर । केन्द्रीय राजनीतिको चासो र चर्चामा रहेको कास्की–२ को उपनिर्वाचनको अहिलेसम्ममा मत परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ । वडा नम्बर–३३ को मतगणना सकिंदासम्म नेकपा ११ सय ६१ मतले अघि देखिएको छ ।

वडा नम्बर–३३ मा कुल ५ हजार ६४२ मत खसेकोमा नेकपाकी विद्या भट्टराईले तीन हजार २७६ मत पाएकी छिन् । यो मत प्रमुख प्रतिपक्ष कांग्रेसको भन्दा एक हजार १६१ मतले बढी हो ।

वडा नम्बर–३३ मा कांग्रेसका खेमराज पौडेलले २१ सय १५ मत पाएका छन् भने समाजवादीका धर्मराजले ९५ मत पाएका छन् । साझाकी रजनीले ३१ मत कमल थापा नेतृत्वको राप्रपाले ४७ मत र नेपाली कांग्रेसले ७ मत पाएको छ ।

रातको साढे दशबजेबाट शुरु हुने भनिएको मतगणना मतपेटीकामा लगाइएको शिल्डको रुजु गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा केही समय मतगणना रोकिएको थियो । रातिको १०ः३० मा शुरु हुन लागेको मतगणना विवादका कारण १ः४० बजे शुरु भएको थियो ।

कास्की–२ मा कुल ७१ हजार ८ सय ७१ मतदाता रहेकोमा जम्मा ४५ हजार ५ सय ६३ मत मात्रै खसेको छ । वडा नम्बर–३३ को मतगणना ६ बजे सकिएको थियो ६ बजेदेखि वडा नम्बर–२१ को मतगणना शुरु भएको छ । मत गणना जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७