भक्तपुरमा नेकपालाई हराउँदै कांग्रेसका भँडेल विजयी


१५ मंसिर २०७६, आईतवार
krishna lal bhadel

काठमाडौं, १५ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेकपालाई हराउँदै नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन्

नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । भक्तपुर क्षेत्रनम्बर २ क मा भँडेल निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

यहाँका कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७