कराँतेकी अनुले जितिन् स्वर्ण (फोटाेफिचर)


१६ मंसिर २०७६, सोमबार
anu adhikari scaled

काठमाडौं, १६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटो स्थित कराते हलमा भएको करातेको कुमुते ४५ केजी मुनिको प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् ।

अनुले श्रीलङ्काली खेलाडीलाई ८–० अङ्कले पराजित गरिन् । उनले टिक्निकल नक आउट गरिन् ।
त्यसअघि सेमिफाइनलमा शुरुबाट नै आक्रामक रुपमा प्रस्तुत भएकी अनुले विपक्षी खेलाडीलाई एक अंक पनि दिएकी थिइनन । उनले लगातार आठ अंक ल्याउदा बंगलादशकी फमिदा अख्तरले कुनैपनि अंक जोड्न सकिनन ।

कराँतेमा सोमबार ९ वटा स्वर्ण पदकका लागि भएको खेलमा नेपालले ७ वटा स्वर्ण र दुईवटा रजत जितेको छ । कातामा ३ र कुम्तेमा ४ वटा जितेको छ ।

समग्रमा नेपालको लागि १३ औं सागमा यो १३ औं स्वर्ण पदक हो । हालसम्म नेपालले करातेबाट ७, तेक्वान्दोबाट ५ र ट्रायथलनबाट १ स्वर्ण जितेको छ ।

करातेको काताको दुवै टिम इभेन्ट र पुरुष एकलको मन्डेकाजी श्रेष्ठले कुल ३ पदक जितेका थिए । कुमुतेतर्फ विप्लव श्रेष्ठ, लक्ष्मण तामाङ र कुसुम खड्काले स्वर्ण जितिसकेका छन् ।

यो पनि पढ्नुहोस्
१३ औं साग : नेपाललाई विश्व कीर्तिमानसहित एकै दिन १३ स्वर्ण (अपडेट)
चञ्चला दनुवारले दिलाइन नेपाललाई पहिलो पदक, जितिन रजत पदक
मन्डेकाजी दिलाए नेपाललाई पहिलो स्वर्ण पदक
नेपाललाई कराँतेको पुरुष टिम कातामा पनि स्वर्ण
अन्जलीको विश्व कीर्तिमान, नेपालद्धारा माल्दिभ्स पाँच बलमै पराजित
नेपाललाई कराँतेको महिला टिम कातामा स्वर्ण
नेपाललाई कमल श्रेष्ठले तेस्रो स्वर्ण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७