एनआईसी एशियामार्फत युनाईटेड इन्स्योरेन्सका ग्राहकलाई सुविधा


१७ मंसिर २०७६, मंगलवार
United Insurance NIC ASIA agreement

काठमाडाैं, १७ मंसिर । एन आई सी एशिया बैंककाे ग्राहकले युनाईटेड इन्स्योरेन्समा डिजिटल च्यानलमार्फत् प्रिमियम भुक्तानी  गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । 

एन आई सी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एन आई सी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको हाे ।

अब युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यू आर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने भएका छन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरे । 

बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गसहितको शाखा संजाल छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७