कार्यकारी अध्यक्ष बनेको १४ दिनपछि प्रचण्डले डाके सचिवालय बैठक


१८ मंसिर २०७६, बुधबार
prachanda XCfqEhllG0

काठमाडौं, १८ मंसिर । आफू कार्यकारी अध्यक्ष बनेको १४ दिनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय डाकेका छन् ।

बुधबार बिहान ९ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । बैठकमा उपनिर्वाचनको समीक्षाका साथै स्थायी कमिटीको बैठक बोलाउनेबारे छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारमा रहेकाले बैठकको अध्यक्षता प्रचण्डले मात्रै गर्नेछन् । मंसिर ४ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफूले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएपछि पहिलो पटक यो बैठक बस्न लागेको हो ।

यसअघि भदौको ९ गते ओली सिङ्गापुरमा उपचार गर्न गएका बेला प्रचण्डले सचिवालयको बैठक बोलाएर केन्द्रिय समितीमा चार जना थप गरेका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्यको कारण देखाउँदै प्रचण्डले २४ मंसिरबाट गर्न लागेको चीन भ्रमण स्थगित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७