प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक सुरु, यी एजेण्डामा छलफल हुने


१८ मंसिर २०७६, बुधबार
nepal communist party

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

मंसिर ४ गते प्रधानमन्त्री तथा अध्यक्ष ओलीले प्रचण्डलाई कार्यकारी दिने र आफूले पाँच वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएपछि पहिलो पटक यो बैठक बस्न लागेको हो ।

बैठकमा उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक लगायतका एजेण्डामा छलफल हुने भएको छ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य, उपनिर्वाचनको समीक्षालगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।


प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण प्रचण्डले यही मंसिर २४ गतेदेखि गर्ने चीन भ्रमणसमेत स्थगित गरेका छन् । मिर्गौला पुनः प्रत्यारोपणको तयारी भइरहेको बेला एपेन्डिसाइटिस भएपछि ओली अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७