कप्तान ज्ञानेन्द्र मल्लले ३७ बलमा बनाए शतक 


२ पुष २०७६, बुधबार
cricketer gyanedra malla 1

पोखरा, २ पुष ।  पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा काठमाडौं गोल्डेन्स वारियर्सका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । 

राष्ट्रिय क्रिकेट टिमको समेत कप्तान रहेका उनले बुधबार पोखरा रंगशालामा धनगढी ब्लुजविरुद्धको खेलमा ३७ बलमै शतक प्रहार गरेका हुन् ।

उनले आफ्नो खेल जीवनको छिटो शतक प्रहार गरेका हुन् । उनले ३७ बलमा ८ चौका र ९ छक्का प्रहार गरेका थिए ।  

उनले ३८ औं बलमा उनी धनगढीका कमलसिंह ऐरीको बलमा सन्दीप जोराबाट समातिएका थिए । ज्ञानेन्द्रले १३ औं ओभरको पाँचौ बलमा बिक्रम ठगुन्नालाई छक्का प्रहार गर्दै २४ बलमा अर्ध शतक पुरा गरेका थिए ।

टस हारेर ब्याटिङ थालेको काठमाडौं गोल्डेन्स वारियर्सले उनको विष्फोटिङ ब्याटिङमा निर्धारित १७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो । 

हुस्सुको कारण निर्धारित समय भन्दा केहि ढिला खेल सुरु हुँदा खेल १७ ओभरमा झारिएको थियो ।

काठमाडौंलाई विशाल योगफलसम्म पुर्याउन कप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै जयकिशन कोल्सावाले ३७ बलमा ४ चौका र २ छक्का सहित ४६ रन बनाए ।

तेस्रो विकेटका लागि ज्ञानेन्द्र र जयकिशनले १ सय ३१ रनको शतकीय साझेदारी गरेपछि विशाल योगफलमा पुगेको हो । 

 धनगढीका लागि कमल सिंह ऐरीले ४ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । सागर ढकालको नाममा १ विकेट रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७