सिद्धार्थ बैंकको मुर्लीचौक शाखाको उद्घाटन


६ पुष २०७६, आईतवार
sidhartha 1

काठमाडौं, ६ पुष । सिद्धार्थ बैंकले आइतबार वीरगंजस्थित मुर्लीचौक शाखाको औपचारिक उद्धघाटन गरेको छ।

बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा गरे।

बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गतेदेखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो।

यस बैंकले देशभर १७५ वटा शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित०, १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र एक हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७