बसको ठक्करबाट पशुपति क्याम्पसकी विद्यार्थीको मृत्यु, विद्यार्थीद्धारा आगजनी र प्रदर्शन


७ पुष २०७६, सोमबार
chabhil pradhasan
?????????????????????????????????????????????????????????

काठमाडौं, ७ पुस । बसको ठक्करबाट पशुपती क्याम्पसमा अध्ययनरत एक छात्राको ज्यान गएको छ । पशुपती क्याम्पसको बीबीएस चौथो वर्षमा अध्ययनरत सृष्टि पन्तलाई  सुकेधारामा ठक्कर दिएको थियो ।


भक्तपुर–काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे उनलाई ठक्कर दिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए ।

बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो ।

गाडीले विद्यार्थीलाई ठक्कर दिएर भागेपछि काठमाडौंको चावहिल क्षेत्रमा तनावग्रस्त भएको छ । सृष्टिलाई गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध साथै अन्य सवारी साधनमा आगजनी समेत गरेका छन ।

सहपाठीको मृत्यु भएपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरको अर्को बसमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी र अर्कोमा तोडफोड गरेका छन् ।
विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै गाडीमा आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

विद्यार्थीको प्रदर्शनपछि प्रभावित भएको सवारी आवागमन अहिले सुचालु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७