सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन


२३ पुष २०७६, बुधबार
PHOTO 2020 01 08 11 01 30 1

काठमाडौं, २३ पुस । प्रभु बैंकले सिराहा जिल्लाको सिराहा नगरपालिका वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टरको बिहिबार सिराहाका प्रमुख जिल्ला अधिकृत श्री गोपाल कुमार अधिकारीले उद्घाट्न गरको हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफनाे सेवा विस्तार गरेकाे  छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २०२ वटा शाखा कार्यालय, १५२ वटा एटिम ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदभन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७