भिक्ट्री म्याराथनमा कान्छीमाया र हरिकुमारलाई उपाधी


२६ पुष २०७६, शनिबार
kanchhimaya hari rimal

काठमाडौं, २६ पुस । जितगढी किल्लाको प्रवर्धन गर्न आयोजित भिक्ट्री म्याराथनको उपाधि हरिकुमार रिमाल र कान्छीमाया कोजीले जितेका छन् ।

पुरुषतर्फ पहिलो हुने क्रममा रिमालले ४२.१९५ किमी दुरी २ घन्टा ३१.०२ सेकेण्डमा पुरा गरे । उनले एक लाख जितेका छन् । नेपाली सेनाका राजन रोकाया दोस्रो र कल्याण बानिया तेस्रो भएका छन् । km kuju

महिलातर्फ २ घन्टा ५६.५१ सेकेण्डमा पुरा गर्दै कान्छीमाया पहिलो भइन् । नेपाली सेनाकी सरिता बासी दोस्रो र सशस्त्र प्रहरीले कृष्णेश्वरी सिन्तकला तेस्रो भएकी छन् ।

हाफ म्याराथनमा पुरुषतर्फ आर्मीका गजेन्द्र राई र महिलातर्फ विश्वरुपा बुढा पहिला भएका छन् । यस्तै १० किलोमिटरमा आर्मीका शिव रायमाझी पुरुषतर्फ र सानुमाया कार्की महिलातर्फ पहिलो भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७