सशस्त्र प्रहरी बलले थप्यो नेपाल–भारत सीमामा तीन वटा ‘बीओपी’


२७ पुष २०७६, आईतवार
apf
फाइल फोटो

बर्दिया,२७ पुस । नेपाल–भारत सीमामा तीन वटा बोर्डर आउट पोस्ट ९बीओपी० थपिएको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाले तीन वटा बोर्डर आउट पोस्ट (बीओपी) थप गरेको हो ।

नेपाल-भारत दक्षिणवर्ती खुला सीमानामा पर्ने गुलरिया नगरपालिकास्थित कट्टी, बढैया ताल गाउँपालिकाको कण्ठपुर र मधुवन नगरपालिकाको भग्रैयामा बीओपी सञ्चालनका लागि ३१ नम्बर हेडक्वाटर बर्दियाले स्विकृति दिएको सशस्त्र प्रहरीबल प्रदेश नम्बर ५ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले जानकारी दिए ।

बीओपीको संख्या बढेसँगै अब एउटा पोस्टले ८ किलोमिटरसम्मको दूरीमा सुरक्षा दिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७