यसरी सजिलै पास गर्नुस् कोरिया भाषा परीक्षा


२१ पुष २०७४, शुक्रबार
korea

कोरियन भाषा तरिका मिलाएर पढ्ने र सिक्न खोज्ने हो खासै गाह्रो छैन । नेपालीहरुको प्रमुख आकर्षक गन्तव्यस्थल मध्येमा पर्ने दक्षिण कोरियामा अन्य भाषा नबोलिने भएकाले नेपालबाट जाने कामदारहरुले अनिवार्य रुपमा कोरियन भाषा जानेकै हुनुपर्छ । korea

नेपालमा केही महिना पढ्दैमा कोरियन भाषामा निपूर्ण भईने भने होईन, लगातार बोल्दै, सुन्दै जाँदा जति नै सुकै नयाँ भएपनि विस्तारै भाषा सिकिन्छ ।

परीक्षामा हुनसक्ने गल्तीः कोरियन भाषा परीक्षाको परीक्षामा केही प्रश्नको उत्तर हेरेर र केही प्रश्नको उत्तर तत्काल सुनेर तत्काल लेख्नुपर्ने हुन्छ । हतार गर्दा जानेको प्रश्नको उत्तर पनि बिग्रन सक्छ । परीक्षामा सोधिएका प्रश्नहरुको कुनै उत्तर लेख्नुपर्दैन । मात्रै उत्तरपुस्तिकामा दिईएको गोलो घेरा भित्र चिन्ह लगाए मात्रै पुग्छ । कुनै शब्द लेख्नु नपर्ने भएकाले हतार नगर्ने हो भने मज्जाले उत्तर लेख्ने समय पुग्छ । घोकेर भन्दा पनि जसले बढी प्राक्टिस गरेको छ उसले बढी कुरा बुझेको हुन्छ । उत्तरपुस्तिकामा लेख्न भनिएको विवरण राम्ररी र प्रष्टसँग उल्लेख गरेको हुनुपर्छ । कोरियन भाषामा उस्तै उस्तै किसिमको संरचना र उच्चारण हुने भएकोले अलि गहिरिएर अक्षर चिन्ने तथा त्यसको उच्चारणको फरकलाई बुझ्नसक्ने खुबी हुनपर्छ । सुन्ने प्रश्न अति नै ध्यान दिएर सुन्नुपर्छ । एउटै प्रश्नमा धेरैबेर घोरिँदा जानेको अर्को प्रश्न पनि बिग्रने सम्भावना हुन्छ त्यसैले जाने पनि नजाने पनि समयभित्रै तत्कालै ठिक उत्तरमा गोलो लगाएर अगाडि बढ्नु पर्छ । इपीएस परक्षिाको परिक्षण कम्प्युटर प्रणालीबाट हुने भएकाले मानविय त्रुटी हुने सम्भावना समेत कम रहन्छ । जसले धेरै अंक ल्याउँछ, उसकै नाम निस्किनिे सम्भावना बढी हुने भएकाले सकेसम्म सबै प्रश्नको उत्तर दिनुपर्दछ ।

ईपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोला भन्छन्– “कोरियन भाषा परीक्षामा आफ्नो मेहनत नै निर्णायक हो । यसमा कसैको कुनै पनि भूमिका हुँदैन पास गराउन, राम्रोसँग पढ्ने हो भने पास भईन्छ ।”     बाँस्तोलाका अनुसार कोरियन भाषा सिक्न अडियो अर्थात् सुनेको कुरा बुझ्नु अत्यन्तै महत्वपूर्ण पक्ष हो । आईईएलटीएसमा जसरी लेखाई र सुनाई महत्वपूर्ण हुन्छ, इपीएस भाषा परीक्षामा पनि ब्यालेन्स मिलाएर पढ्ने हो भने सजिलै परीक्षा उत्तिर्ण गर्न सकिन्छ ।

सिकाउने ईन्ष्टिच्यूटको छनौट: हुन त यसपटकको परिक्षाका लागि यो कुराले अव त्यति महत्व राख्दैन । तर पनि अर्कोपटकको परिक्षको तयारी गरिरहेकाहरुलाई यसले सवैभन्दा महत्व राख्दछ । अहिले बजारमा कोरियन भाषा परीक्षा सिकाउने ईन्ष्टिच्यूटहरुको बाढी छ । अलिअलि भाषा जानेकाहरुलाई सिकाउन लगाउनेदेखि लिएर कोरियामै अध्ययन गरेर त्यहीँका प्रशिक्षकद्धारा भाषा सिकाउने ईन्ष्टिच्यूट पनि छन् । भाषा कक्षामा भर्ना हुनुअघि नै यससम्बन्धमा ध्यान दिनु सबैभन्दा महत्वपूर्ण पाटो हो । सम्बन्धित सरकारी निकायमा दर्ता भई तालिमप्राप्त र दक्ष प्रशिक्षकले पढाउने ईन्ष्टिच्यूटको छनौट गरी भाषा परीक्षाको तयारी गर्नुपर्दछ । शिक्षकको अनुभव, पढाउने शैली, विगतको नतिजा लगायतलाई आधार मानेर ईन्ष्टिच्यूट रोज्नुपर्छ ।

पाठ्यपुस्तकको छनौटः ईन्ष्टिच्यूट जस्तै बजारमा कोरियन भाषाका पाठ्यपुस्तकको पनि बाढी छ । हरेक ईन्ष्टिच्यूटहरुले आ–आफ्नै पाठ्यपुस्तक निर्माण गरेर विद्यार्थीलाई भिडाईरहेका भेटिन्छन् । त्यसो त नाम र संस्था जे सुकै भएपनि सबैजसो पाठ्यपुस्तकहरु एचआरडी कोरियाको इपीएस परीक्षाको पाठ्यपुस्तकलाई आधार बनाएर निर्माण गरिएका हुन्छन् । कुनै एउटा पाठ्यपुस्तक किनेर त्यसैबाट तयारी गर्नु र नबुझेका कुराहरु प्रशिक्षकलाई सोध्दै सिक्दै गर्नुपर्दछ । पछिल्लो समय कोरियाले स्तरीय पाठ्य सामग्री (हान्गुक अ फ्योजुन ग्योजे) भित्रबाट शतप्रतिशत गोप्य प्रश्न सोध्दै आएको छ । भाषा परीक्षा तयारी कक्षामा यही पाठ्यपुस्तकलाई आधार मानेर सिकाउन जोड गर्नुपर्छ । यो पाठ्य सामग्री ईपीएसको एच आर डी शाखाको वेबसाइटमा निःशुल्क पाईन्छ ।

मेहनत नै निर्णायकः ईन्ष्टिच्यूट र पाठ्यपुस्तकभन्दा पनि कोरियन भाषा परीक्षामा आफ्नो मेहनत नै निर्णायक हुन्छ । परीक्षामा उत्तर लेख्दा एउटा मात्रै प्रश्नमा चुकियो भने पनि त्यसले नतिजामा ठूलो असर पार्छ । कम्तिमा पनि लगातार ३ महिना कस्सिएर भाषा पढियो भने पास हुन खासै गाह्रो छैन । कोरियन भाषा ध्यान दिएर पढ्ने हो भने अन्य भाषाको तुलनामा धेरै सजिलो छ । भाषा परीक्षा एकदमै स्वच्छ, व्यवस्थित र पारदर्शी हुने भएकाले कसैले प्रलोभनमा पारे पास गराउनै सक्दैन । प्रश्न मोडालिटी निर्माण तथा नियन्त्रण एच आर डी कोरियाबाट आएका टीमले नै गर्ने भएकाले यो प्रणाली व्यवस्थित छ । परीक्षाको नियन्त्रण निर्देशन एच आर डी कोरिया टीमले अन्तराष्ट्रिय टीमले व्यवस्थित गर्दछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७