मणिपाल अस्पतालमा २६ वर्षीया सुनिताले जन्माइन् चम्ल्याहा शिशु


२ माघ २०७६, बिहीबार
4 baby

पोखरा, २ माघ । पोखराको मणिपाल कलेजमा एक २६ वर्षीया महिलाले चम्ल्याहा (चार जना) शिशुलाई जन्म दिएकी छन् ।

स्याङ्जा पुतलीबजार–१ की २६ वर्षीया सुनिता पौडेल प्रधानले आज (बिहीबार) चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ । उनले तीन छोरी र एक जना छोरालाई जन्म दिएकी छन् ।

उनले पहिलो बच्चा छोरी १.६ किलोग्राम तौलकी छोरी, दोस्रो १.३ किलो ग्रामको छोरा, तेस्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन् । उनले शल्यक्रियामार्फत तीन छोरी र एक छोरालाई जन्म दिएको शल्यक्रियामा संलग्न डा. महेन्द्र पाण्डे जानकारी दिएका छन् । मणिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डे सहितको ४ जनाको टोलीले शल्यक्रिया गरेका थिए ।

अहिलेसम्म सबै शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाएको छ ।

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । ती शिशुलाई केही दिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । यसअघि काठमाडौंको सिनामंगल अस्पतालमा पनि खगित्रा शाहीले एकैपल्ट चार शिशुलाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७