गायिका आस्था राउतलाई पक्राउ गरेर मुद्दा चलाउने पक्षमा प्रहरीका उच्च अधिकारी


३ माघ २०७६, शुक्रबार
Aastha Raut

काठमाडौं, ३ माघ : गायिका आस्था राउतलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको प्रतिवेदनका आधारमा प्रहरीले गायिका राउतमाथि कारबाहीको तयारी थालेकाे हो । 
बुधवार दिउँसो कार्यक्रममा झापाको भद्रपुर जाँदा त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुव्र्यवहार गरेको भन्दै भिडियोमार्फत आक्रोश पोखेकी थिइन् । तर, शुक्रबार प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि गायिका राउतले अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । जवान श्रेष्ठले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।

स्रोतका अनुसार प्रहरीका उच्च अधिकारी गायिका राउतमाथि मुद्दा चलाउने पक्षमा छन् । संगठनमाथि नै गम्भिर लगाएको भन्दै प्रहरीका उच्च अधिकारी रुष्ट बनेका छन् । यसअघि नै महानगरीय प्रहरी कार्यालय (मेट्रो)का  प्रमुख विश्वराज पोखरेलले आस्था राउतले सामाजिक सञ्जालमा लाइभ गर्दै बोलेको विषयमा गम्भीर अनुसन्धान हुने बताइरहेका थिए । 

पोखरेलले ड्यूटीमा बसेको प्रहरीको मनोबल गिराउने हर्कत भए क्षमा योग्य नहुने भन्दै उल्टै आस्थालाई कारबाहीको गर्ने चेतावनी दिएका थिए । उनले भनेका छन्, ‘सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने ढंगले गरेका गाली गलौजको पनि छुट हुँदैन ।’ स्रोतका अनुसार पोखरेल पनि गायिका राउतलाई पक्राउ गरेर मुद्दा चलाउने पक्षमा छन् । उच्च अधिकारीकै निर्देशनमा जवान श्रेष्ठले राउत बिरुद्ध उजुरी दिएकी हुन् । 

के हो प्रकरण ?

गायिका राउतले बुधवार दिउँसो त्रिभुवन विमानस्थलमा एक महिला प्रहरीले दुव्र्यवहार गरेको भन्दै भिडियोमार्फत आक्रोश पोखेकी थिइन् । प्रहरीले उनलाई ‘तँ’ भनेर बोलाएको, दुव्र्यवहार गरेको भन्दै उनले लाइभ भिडियोमा आक्रोश पोखेकी थिइन् । आस्था भद्रपुर हुदै सिक्किममा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जादै थिइन् ।  राउतले भनेकी छिन्, ‘अनि त्यो पुलिस डन्ठिनीहरु, त्यो सिपाही प्युसी प्युपीहरु । तिमीहरुको बोल्ने ढंग छैन ?’

आस्थाको भिडियो केही समयमै भाइरल भएको थियो ।  भिडियो भाइरल भएपछि गायिका राउतले प्रयोग गरेका शव्दप्रति माफी मागेकी छिन् । फेसबुकमा उनले लेखेकी छिन्, ‘रिसको आवेगमा बेद पढिँदैन। मलाई पनि त्यस्तै भयो। इनएप्रोप्राइट वर्डर्सका लागि क्षमा चाहन्छु ।’

विमानस्थल घटनाको शुक्रबार भिडियो सार्वजनिक भएको छ, भने आस्था फेरि लाइभमा आएकी छिन् । उनले रुदै विमानस्थल घटनामा आफूमाथि दुव्र्यवहार भएको दोहो¥याएकी छिन् । आफूले आक्रोशमा पोखेको शब्दप्रति भने क्षमा मागेकी छिन् । 

गल्ती कसको ?

शुक्रबार बाहिर आएको भिडियो फुटेज हेर्दा बुधवार दिउँसो एक बजेर ३१ मिनेट जाँदा हातमा कफी बोकेर चेकिङ मेसिनमा आस्था पुगेकी छिन् । आस्थाको हातमा कफी देखिन्छ । साथमा झोला । महिला प्रहरीले ज्याकेट खोल्न भन्छिन् । कफी महिला प्रहरीले राखिदिएको दृश्य देखिन्छ  । त्यसपछि आस्थाले ज्याकेट खोलेर बाहिर राखिन्छन् । यही बेला प्रहरीले ‘ज्याकेट खोल्’ भनेर ‘तँ’ शब्द प्रयोग गरेर गाली गरेको दाबी गरेकी छिन् । यसपछि चेकिङ हुन्छ ।

आस्थाले ज्याकेट लिएको दृश्य देखिन्छ । महिला प्रहरीले कफी आस्थालाई दिन्छिन् । कफी लिन आस्थाले मानेको देखिन्दैन । कफी लिन नमानेपछि प्रहरीले तानेको देखिन्छ । आस्थाले लिन नखोजेको दृश्य देखिन्छ । पछि प्रहरीले झोलामै कफी हाल्न खोजेको जस्तो पनि देखिन्छ । यसपछि आस्था औंला ठड्याउँदै ज्याकेट लगाएर बाहिर गएकी छिन् । 

यो पनि पढ्नुहोस्
‘मेरो जीन्दगी नै संगीतमा समर्पित छ’
गल्ती सच्चाउन छोडेर एउटी चेली बिरुद्ध प्रहरीको ‘लविङ्ग’ ?
गायिका आस्था राउतले प्रहरीलाई ‘अपशब्द’ प्रयोग गरेको भन्दै प्रहरीले बनायो छानबिन समिति

भिडियोमा बोलेका केही सुनिएको छैन । आस्थाको दाबी जस्तो ज्याकेट खोल्न लगाएको बेला प्रहरीले ‘तँ’ शब्द प्रयोग गरेर गाली गरेको भए त्यहाँ प्रहरीको कमजोरी हो । आस्थाले कफी नलिनु उनको कमजोरी हो । तर, कफी लिन अस्वीकार गरेपछि तानेर कफी लैजान दबाब दिइरहनु पर्ने थिएन । फेरि झोलामा कफी हालिदिन खोजेको पनि देखिन्छ । यसमा चहि प्रहरी महिला चुकेकी छिन् । 

आस्थाले लाइभ भिडियोमा नै आएर आक्रोशमा प्रयोग भएको शब्दप्रति क्षमा मागी सकेकी छिन् । र, अघिल्लो लाइभ हटाएकी छिन् । तर, महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख पोखरेलले भने कुनै व्यक्तिविरुद्ध नभएर संस्थाकै बदनाम गरिएको भन्दै उल्टै आस्थालाई कारबाहीको संकेत गरेका छन् । 

आफू मातहतकाले गरेका कमजोरीलाई सच्चाउने भन्दा पनि प्रहरीको नेतृत्व आस्थालाई गल्ती देखाउने प्रयासमा लागेको देखिन्छ । उनले पटक पटक लेखेकी छिन्,‘मेरो आवज संगठन बिरुद्ध होइन दुव्र्यवहार गर्ने बिरुद्ध हो ।’ यही बिचमा घटनामा संग्लन प्रहरी जवान श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । 

प्रहरीका उच्च अधिकारीले घटनाको छानविन भइरहेको बताइरहेको बेला श्रेष्ठले उजुरी दिनु अभद्र व्यवहार गरेको आरोपमा आस्था माथि कारबाही गर्ने निर्णयमा प्रहरी पुगेको देखिन्छ । यदि त्यसो हो भने यो प्रहरीको ‘दादागिरी’ बाहेक अरु केही होइन । आस्थाले कफी लिन अस्वीकार गरेपछि ती महिला प्रहरीले आस्थाको ज्याकेट तानेको र झोलामा कफी हालिदिन खोजेको पनि देखिन्छ । यसमा चहि प्रहरी महिला चुकेकी छिन् ।

त्यस कारण उनलाई सच्चाउनका लागि प्रहरीले सम्झाउनुको साटो उल्टै आस्था बिरुद्ध उजुरी दिन लगाएर प्रहरीले आफू ठिक भएको सन्देश दिन खोजेको देखिन्छ । जुन गलत हो ।  आस्थाले अघिल्लो लाइभमा जे भाषा प्रयोग गरिन्, त्यो भने गलत छ । तर, उनले त्यसप्रति पटक पटक क्षामा मागेकी छिन् । भिडियो हटाएकी छिन् । 

यो पनि हेर्नुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७