घुस लिएको अभियोगमा प्रहरी हवल्दारलाई मुद्दा


७ माघ २०७६, मंगलवार
Nepal police

मोरङ, ७ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग रु ८ हजार घुस मागेको अभियोग लागेको छ ।

आयोगले केही दिन पहिले श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको थियो । आरोपीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७