सङ्गठनभित्र नीतिगत आर्थिक भ्रष्टाचार गर्ने कसैलाई छोड्दिन : सशस्त्र प्रहरी प्रमुख खनाल


९ माघ २०७६, बिहीबार
Sailendra khanal dr3giOuMD6

काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी बलका प्रमुख (आईजीपी) शैलेन्द्र खनालले सङ्गठनभित्र नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन् ।

१९औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा खनालले सङ्गठनभित्र सुधार गर्नुपर्ने बताएको हो । सङ्गठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने र भ्रष्ट आचरणका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्ने गरिने नीतिअनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिए ।

आईजीपी खनालले सङ्गठनको मूल्य, मान्यता र आचरणविरुद्धको काम गर्ने एक हजार दुई सय ९७ जना कर्मचारीलाई कारबाही गरिएको समेत जानकारी दिए ।

आफ्नो कार्यकालमा सङ्गठनभित्र राम्रो काम गर्ने पाँच सय २१ जना कर्मचारीलाई पुरस्कृत पनि गरिएको उनले बताए । खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाइहरुको जवाफदेहिता लिन सङ्गठन प्रमुखको हैसियतले आफू सधै तयार रहेको धारणा व्यक्त गरे ।

१९औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा सङ्गठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७