संसदमा प्रधानमन्त्री ओली


१४ माघ २०७६, मंगलवार
kp oli 1

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छ । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शर्माले सम्बोधन गर्न लागेका हुन् ।

नव निर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिनका लागि सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सापकोटा आइतबार सभामुखमा निर्वाचित भएका थिए ।

यस्तै बैठकमा प्रधानमन्त्री केपी ओलीले न्याय परिषद् र न्याय सेवा आयोगका आ.व. ०७५–०७६ को वार्षिक प्रतिवेदन पेश, लोकसेवा आयोगको आ व ०७५–०७६ को वार्षिक प्रतिवेदनलगायतका प्रतिवेदन पेश गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७