भक्तपुरमा बसमा पाकेट मारी भाग्दै गर्दा तीन पाकेटमार पक्राउ


१५ माघ २०७६, बुधबार
paketmar 1

भक्तपुर, १५ माघ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मङ्गलबार बसमा पाकेट मारेर भाग्दै गरेका तीन जना पाकेटमारलाई ११ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका ७ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका ६ घर भइ ललितपुर गोदावरी बस्दै आएका २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका ८ घर भइ ललितपुर ठैब बस्दै आएका २० वर्षीय रुविन कठायत रहेका छन् ।

मध्यपुर थिमि नगरपालिका ९ राधेराधेमा काठमाडौंबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारेर भाग्दै गर्दा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्ति कोइरालाले जानकारी दिए ।

पक्राऊ परेका तीन जनालाई मङ्गलबार नै चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७