गृहसचिव प्रेमकुमार राई सम्मानित


१८ माघ २०७६, शनिबार
pream rai

काठमाडौं,१९ माघ । किरात राई कर्मचारी संघले गृह सचिव प्रेमकुमार राईलाई सम्मान गरेको छ । कर्मचारी भएर ३६ बर्ष सेवा गरेका प्रेमकुमार राईको आइतबार सेवा अवधि सकिदैछ । सेवा अवधि सकिन लागेका राईले यसअघि नै राजीनामा दिइसकेका छन् ।

सेवा अवधि एक दिन रहँदा किरात राई कर्मचारी संघले कोटेश्वरस्थित सुम्निमा हलमा कार्यक्रम गरी सम्मान गरेको हो । संघले गृहसचिव राईले सेवामा रहँदा कर्मचारीहरुमध्ये उच्च छबी बनाउन सफल भएको र देशमै उदाहरणीय रुपमा प्रस्तुत भएको भन्दै सम्मान(पत्र र पगरी गुठेर सम्मान गरेको हो ।

सम्मानित राईले कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई सचिव राईले सेवाग्रहीको काम सेवा भावले गर्न सुझाव दिएका छन् । उनले भने ‘सेवाग्रहीसँग राम्रो बोल्ने, नहुने भए कानुनी कुरा प्रष्ट भन्दिनुपर्छ ।’

आफू कडा मेहनतको साथ दैनिक १० घण्टा काम गर्दै आएको राईले अनुभव सुनाएका थिए । कार्यक्रममा उपस्थित अधिकृतहरुलाई आफू कुन स्थानसम्म पुग्ने हो लक्ष्य निर्धारण गरेर सोही अनुसार सेक्रिफाइस गर्दै अघि बढ्नु पर्ने बताए । व्यक्तिगत स्वार्थमा लागे अगाडि बढ्न कठिन हुने समेत राईको भनाइ थियो । काम गरेर के हुन्छ र नभन्नुस जति काम गर्‍यो उति क्षमता वृद्धि हुदै जान्छ । कर्तव्यबाट पछि हटे आफै पछि परिने राईको भनाइ थियो ।

 किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले प्रदेश १ को नाम किरात राख्न सवैतिरबाट दवाव दिनुपर्ने बताएका थिए । प्रदेशको नाम किरात राख्दा सम्पूर्ण प्रदेशवासी र देशले नै गौरव मान्नु पर्ने अध्यक्ष राईको भनाइ थियो ।

किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष जीवन हाताचो राई, प्रदेश १ को लोक सेवा आयोगको सदस्य टिकादत्त राई लगायतले बधाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा करिव ४० जना नेपाल सरकारको अधिकृतहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७