बलात्कार आरोपित एसएसपी राणालाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति


२० माघ २०७६, सोमबार
SSP Saurav Rana सौरभ राणा

काठमाडौंं, २० माघ । बलात्कार आरोपमा आत्मसमर्पण गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न आज (सोमबार) अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख यज्ञविनोद पोखरेलले जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पाँच दिन समय प्राप्त भएको बताए ।

राणाले घटनामा सत्यता नभएको बताउँदै आएका छन् । पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार गरिएको भन्दै शुक्रबार प्रहरीमा किटानी जोहरी दिएकी थिइन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भइसकेको छ भने विस्तृत अनुसन्धान जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७