आश्रममा भेटिएनन् तपश्वी बमजन, पक्राउका लागि प्रहरीको खोजी जारी


२४ माघ २०७६, शुक्रबार
banjan

सिन्धुली, २४ माघ । आनी र अनुयायीलाई वेपत्ता पारेको, बलात्कार गरेको आरोप लागेका तपश्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित बमजन आश्रम पुगे पनि उनी अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले आफूहरु जङ्गलको बीचमा रहेको बमजनको आश्रममा आएको बताएका छन् । खत्रीले भने, ‘हामीहरु आश्रममा आएका छौं, तर उनलाई (बमजन) लाई फेला पारेका छैनौं । खोजी कार्य भने जारी राखेका छौं ।’

जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई बिहीबार अनुमति दिएको थियो । बमजनमाथि आश्रमबाटै आनी र अनुयायीहरु वेपत्ता पारेको आरोप लागेको छ । सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फूलमाया रूम्बा, सुरेश आलेमगर र सञ्चमान वाइवा बेपत्ता बनाएको स्थानीय बताउँछन् । व्यक्ति वेपत्ताको सूचना पाएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

यसअघि गत वर्ष पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले इन्द्रावती गाउँपालिका–६ स्थित आश्रममा पनि छापा मारेको थियो । तर, पछिल्लो समय बमजन आश्रममा ध्यानमा बसेको समाचार बाहिरिएपछि उनीमाथि प्रहरीले कुनै पनि कारबाही प्रक्रिया अगाडि बढाएको थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७