बालुवाटार प्रकरणमा प्रदर्शन गर्ने रञ्जु दर्शनासहित विवेकशीलका ११ पक्राउ


२५ माघ २०७६, शनिबार
ranju

काठमाडौं, २५ माघ । प्रहरीले विवेकशील नेपाली दलका ११ जनालाई नियन्त्रणमा लिएको छ ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा प्रदर्शन गरेका उनीहरूलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

ललिता निवासको जग्गा हत्याउन संलग्नलाई अख्तियारले मुद्दा लगाउने र नलगाउने निर्णयमा पक्षधरता देखाएको भन्दै विवेकशीलले ‘भ्रष्ट्रचारीलाई रेड कार्ड’ अभियानअन्तर्गत विरोध गरेको हो ।

विवेकशीलकी उपाध्यक्ष अजीता राईले विज्ञप्ति निकालेर प्रहरी नियन्त्रणमा रहेकाहरूलाई छाड्न माग गरेकी छन् । ‘प्रदर्शनमा गएका विवेकशील नेपाली दलका ११ जना नेता, सदस्यलाई प्रहरीले नियन्त्रण गरेकोमा तत्कालै रिहा गर्न माग गर्दछौं,’ उनले भनेकी छन् ।

संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, रन्जु दर्शना न्यौपाने, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदिप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु प्रहरी नियन्त्रणमा रहेको राईले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७