चीनको वुहानबाट नेपाल फर्कने बस चढेका नेपालीहरूकाे खुसी तस्बिरमा


३ फाल्गुन २०७६, शनिबार
110915833 wuhannepali 6

काठमाडौं, ३ फागुन । वुहानबाट कोरोना भाइरस सङ्क्रमण सुरु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरू आफ्नो कोठामा सीमित हुन पुगेका थिए।110916397 wuhannepali 2

उद्धार हुनुपर्ने दबाब बढ्दै जाँदा सरकारले दुई साताअघि उनीहरूको उद्धारको निर्णय गरेको थियो। उनीहरू आइतवार बिहानका राति नेपाल आइपुग्ने बताइएको छ।

110915833 wuhannepali 6

नेपाल आउन लागेका १ सय ८५ जनामध्ये लगभग सबैजसो हुबे प्रान्तका ६ वटा सहरका विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू छन्। सङ्क्रमण फैलन नदिनका लागि गत ज्यानुअरी २३ तारिखमा हुबे प्रान्तका विभिन्न सहरहरूमा यातायात बन्द गरिएपछि उनीहरू आफ्नै कोठामा बन्द हुन पुगेका थिए। 

110915831 wuhannepali 1

china 1

शनिबार अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज चीनको वुहानको लागि प्रस्थान गरेको हो। कोरोनाभाइरसको उद्गमस्थल वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

prabhu bank add

जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकरएक जना इन्जिनियर र लोडमास्टर छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने विमान राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।


वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कने छ । आइतबार बिहान सवा २ बजेतिर २७७ सिटे यो जहाज नेपाली लिएर काठमाडैं आइपुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

नेपाल आउन अहिले चीनका चार–पाँच शहरका नेपाली वुहानमा जम्मा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् । नेपाल आउन १८० नेपालीले चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छनर ।

‘उनीहरूका बच्चाबच्ची समेत गरेर १८५ जना हुनेछन्, तिनलाई यहाँ ल्याएर क्वोरन्टाइनस्थल भक्तपुरका नगरकोट र खरीपाटीमा राखिने छ’, श्रेष्ठले भने । काठमाडौं आइसकेपछि चीनबाट फर्किएका ती नेपालीलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने छ ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, एक जना इन्जिनियर, एक जना फ्लाइट डिस्प्याचर, एक जना लोड मास्टर र चार जना नेपाली सेनाका चिकित्सक रहने जनाइएको छ ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७