सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै, खुल्ला विश्वकप खेल्ने ढोका ?


२३ बैशाख २०८१, आईतवार
Sandeep Lamichhane 1

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज (आइतबार) सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ ।

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाई गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंको फैसलाबिरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए । उच्चमा विभिन्न कारण देखाएर तीन पटक सुनवाई स्थगत भइसकेको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको थियो ।

सन्दीपले टी २० विश्वकपमा स्थान बनाउनका निम्ति आज सुनवाई हुनु निकै महत्वपूर्ण छ । यदि चाँडै फैसला आएर सन्दीपले सफाइ पाएमा उनी विश्वकप टीममा समेटिन सक्ने छन् । विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७