सरकारलाई अलोकप्रिय देखाउन ‘नन्इस्यु’ लाई ‘इस्यु’ बनाइएको छ : प्रधानमन्त्री


१२ फाल्गुन २०७६, सोमबार
pm oli

पोखरा, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय देखाउन विपक्षीहरुले ‘गैरविषयलाई विषय बनाउँदै कहिले के कहिले के भनेर सरकारको आलोचनामा लागिरहेको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेको ओलीले भने, ‘नन् इस्युलाई इस्यु बनाउने ? किन यस्तो भइरहेको छ ? एउटा अस्तित्व रक्षा गर्नका लागि गरिरहेका छन्, अर्को केही न केही त गर्नुपर्‍यो नि, त्यसैले ।’

पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको पनि आरोप लगाए । उनले विपक्षीलाई कुखुराको चल्लासँग तुलना समेत गरेका छन् ।

pm oli 1

‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ । त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ उनले थपे, ‘संसदमा विधेयकहरू पेश प्रस्तुत गर्छौं, त्यहाँ छलफल गरे हुन्छ नि । संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने काम भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको बताएका छन् । पछिल्लो समय सरकारले पेश गरेका मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकारसम्बन्धी विधेयकहरू प्रतिपक्षी दलले कुरै नबुझी विरोध गरिरहेका बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७