धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रधानमन्त्री निवासमै धर्ना


२७ पुष २०७४, बिहीबार
धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रधानमन्त्री निवासमै धर्ना

काठमाडौँ: धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ ।धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै प्रधानमन्त्री निवासमै धर्ना

हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका हुन् ।

भौतिक पूर्वधार रहेको र अन्र्तराष्टिय सिमाना र भौगोलिक समदुरीले पनि उपयुक्त रहेको भन्दै समितिले धनकुटालाई प्रदेश १ को राजधानी धनकुटालाई बनाउन माग गरेको छ । प्रदेशसभाका सांसद  कांग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, एमाले नेता धर्मराज पौडेल,  लगायतले धनकुटालाई प्रदेश १ को राजधानी घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

धर्नामा प्रदेश सभाका सांसदहरु लिला सुब्बा, आर सी तुम्वा, बिना राई, कुसुमकुमारी श्रेष्ठ लगायतको पनि सहभागिता थियो । मुल नारा पुर्वाधार र सामथ्र्य सुरक्षा सुन्दताको खानी धनकुटा प्रदेश १ को राधजनी रहेको छ । लामो समय देखी प्रदेश न १ को राजधानी धनकुटा बनाउन माग गर्दै बिरोध र आन्दोलन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७