सुटुक्क सरकारी नियुक्ति गरेर सकियो मन्त्रिपरिषद बैंठक


२८ पुष २०७४, शुक्रबार
pm

काठमाण्डौं : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने भन्दै शुक्रबार बसेको मन्त्रिपरिषद वैठक गोप्य रुपमा सरकारी नियुक्ति मात्रै गरेर सकिएको छ ।pm

देशमा देखिएको जल्दोबल्दो समस्यालाई चाहीं प्राथमिकतामा नराख्नु र आफ्ना समर्थकलाई जागिर खुवाउनमा मात्र बसेको मन्त्रिपरिषद वैंठकले अहिलेका मन्त्रिहरुको असक्षमता जनतामाझ स्पष्ट रुपमा छर्लङ्ग बनेको छ ।

शुक्रबारको मन्त्रिपरिषदको बैठकले पत्रकारहरुको न्यूनत्तम पारिश्रमिक निर्धारण समितिको संयोजकमा गंगाधर पराजुली र घरेलु तथा साना उद्योग विकास समितिको कार्यकारी निर्देशकमा नविनकुमार झालाई सुटुक्कै नियुक्त गरेको हो । बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तत्कालका लागि तोक्न नसकेको र यसलाई छलफलकै क्रममा राखिएको जनाइएको छ ।

जनादेश गुमाईसकेको सरकारले सुटुक्क सरकारी नियुक्ति गर्न नमिल्ने भए पनि मुख्य सचिव लोकदर्शन रेग्मीले यसलाई रोक्न नसकेको जानकार बताउँछन् । यसैबीच सरकारले छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ । २०३६ कातिक २७ मा धनकुटाको छिन्ताङमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बहानामा प्रहरीले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो । शुक्रबारको मन्त्रिपरिषद वैठक ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भने जस्तो भएको सर्वसाधरणको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७