अमेरिकी सरकारको राहत प्याकेज पारित, कसले कति पाउँछन् ?


१५ चैत्र २०७६, शनिबार
trump sign corona rahat bill 20200328003436

अमेरिका, १५ चैत । अमेरिकी सरकारले कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँंग जुधिरहेका आफ्ना करदातालाई १२ सय डलर बराबर सहयोग रकम दिने भएको छ ।

सरकारले दिन लागेको यो सहायता प्याकेजको विधयेक शुक्रबार कांग्रेसको सिनेटले पूर्ण बहुमतले पारित भएको छ । शुक्रबार भएको मतदानमा उपस्थित ९६ सिनेटरहरुले विधयेकको पक्षमा मतदान गरेका छन् ।

अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो आपतकालीन राहत प्याकेज हो । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट पारित भएको यो प्याकेज विधयेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहीबेर अघि मात्रै हस्तक्षर गरेका छन् ।

दुई ट्रिलियन अमेरिकी डलरको सहायता प्याकेज वापत प्रत्येक करदातालाई १२ सय अमेरिकी डलरसम्म र विवाहित जोडीलाई २४ सय डलर सिधै बैंक खातामा पठाइनेछ । भने १७ बर्ष भन्दा कम उमेर समूहका बालबालिका भएका परिवारमा प्रत्येकलाई थप ५ सय डलर सहयोग रकम दिने जनाइएको छ । यसरी प्राप्त गर्ने रकम करदाताको खातामा सिधै जम्मा हुनेछ भने खाता नभएकाहरुको सन्दर्भमा घर घरमा चेक पठाउने जनाइएको छ ।

सन् २०१८ र २०१९ मा राज्यलाई आयकर तिरेका सबै करदातालाई यो रकम दिइनेछ । प्राप्त जानकारी अनुसार बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने प्रत्येक एक जनालाई १२ सय डलर सहयोग रकम प्राप्त गर्नेछन् । यस्तै विवाहित दम्पतीले संयुक्त आयकर तिरेका छन् र वार्षिक १ लाख ७५ हजार भन्दा कम आम्दानी छ भने त्यस्ता जोडीलाई २४ सय डलर पाउने छन् ।

संसदबाट पारित भएको प्याकेज अनुसार ५ सय बिलियन डलर ऋणबापत खर्च गर्ने, एयरलाइन्स उद्योगका लागि ३२ बिलयन सहयोग गर्ने लगायतका शीर्षकमा रकम छुट्टाइएको छ । यस्तै कन्ट्राक्टमा काम गर्ने र सेल्फ इम्प्लोयडहरुले पनि संघीय सहायता रकम प्राप्त गर्नेछन् ।

विद्यार्थीहरुले लिएको ऋणमा सेप्टेम्बर ३० सम्म कुनै ब्याज तथा कुनै जरिवाना लाग्नेछैन् । यसअघि सन् २००८ मा आर्थिक मन्दीका बेला समेत सरकारले यस प्रकारको सहयोग गरेको थियो । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७