कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुनाको रिपोर्ट नेगेटिभ : स्वास्थ्य मन्त्रालय

प्रत्येक प्रदेशमा ५-५ हजार र्‍यापिड टेष्ट किट


२७ चैत्र २०७६, बिहीबार
bikash devkota 1


काठमाडाैं, २७ चैत ।  स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढी ५ मा स्थानीय संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका १९८ जनाको नमुना संकलन गरेर ल्याइएकोमा ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको जानकारी दिए ।

त्यस्तै कूल १८० जनालाई रेड जोनमा राखेर उनीहरुको स्वास्थ्य स्थितिमा निगरानीमा राखिएको मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यका सहित १० स्थानमा कोभिड–१९ को परीक्षण भइरहेको छ । प्रवक्ता डा. देवकोटाले हालसम्म २८९५ जनाको नमूना परीक्षण भएको जसमा उपत्यकामा २३८२ जना र बाहिर ५१३ जनाको नमूना परीक्षण गरिएको जानकारी दिए ।

प्रत्येक प्रदेशमा ५-५ हजार र्‍यापिड टेष्ट किट
मन्त्रालयका अनुसार द्रुत गतिमा परीक्षण गर्नका लागि अहिले हरेक प्रदेशलाई ५ हजारको दरले कीट उपलब्ध गराइएको छ । 

सरकारले हालै मात्र यो किटबाट सम्भावित संक्रमित पत्ता लगाएर पीसीआर विधिबाट पुनः परीक्षण गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कैलाली र कञ्ञ्चनपुरबाट १९६ वटा नमुना संकलन गरेर परीक्षण भइरहेको छ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७