हात-खुट्टा नधोई छोराछोरीले भित्र पस्न दिंदैनन् !


२८ चैत्र २०७६, शुक्रबार
hand wash

जाजरकोट, २८ चैत । ‘केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सदैनन् ।’

आजभोलि हात खुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्णरूपमा बन्द भएको छ । कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हुँदै आएको छ । खानेकुरा पाउना साथ हात नधोई हात्तपत्त खानेहरुलाई घरका अन्य सदस्यले हात नधोइ खाएमा छुन र नजिक आएर कुरा गर्न समेत नदिएपछि हात धुनुपर्ने नैतिक दबाब पर्न थालेको छ ।

अहिले जाजरकोट, डोल्पा र रुकुमपश्चिमका सबै ठाउँमा सरसफाइप्रति जागरण नै पैदा भएको छ । गाउँगाउँमा प्रहरी र स्थानीय सरकारको कोरोनाविरोधी गतिविधि व्यापकरूपमा प्रस्तुत भएको देखिन्छ । सबै उमेर समूहका सर्वसाधारण कोरोनाबाट जोगिन रेडियो, टेलिभिजन र अनलाइनमा आएका सन्देश र समाचारहरु प्राथमिकतामा दिन थालेका छन् ।

जाजरकोटका गाउँगाउँमा पानीको अभाव देखाएर हात खुट्टा साबुनपानीले सफा गर्न हिच्किचाउनेहरु आजभोलि सफा भएर मात्र घरभित्र आउने बानीमा रुपान्तरित भएका छन् ।

जाजरकोटको नलगाड नगरपालिका–९ का तुले कामीले भने, ‘हात खुट्टा नधोई घरभित्र आए साना छोराछोरीले कोरोना लाग्छ भनेर रोइकराइ गरेर नजिक समेत आउँदैनन्, त्यसैले पनि सरससफाइ अनिवार्य जस्तै भएको छ ।’

नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले सरसफाइप्रति ध्यान तान्न सबै ठाउँमा साबुन र मास्क वितरणको काम सम्पन्न भइसकेको जानकारी दिए ।

डोल्पाको ठूलीभेरी नगरपालिकाका सूचना अधिकारी दिलु केसीले कोरोना भाइरसबाट जोगिन र जोगाउन गाउँगाउँमा नगरपालिका र प्रहरीको सक्रियामा जनचेतना फैलाएसँगै अधिकांश स्थानीयवासी हात हुने अनुशासनमा बाँधिएको बताए ।

स्थानीय सरकारका आक्रामक गतिविधि
जाजरकोट, रुकुमपश्चिम र डोल्पाका स्थानीय तहको कोरोनाबाट जोगिन आक्रामक कार्यक्रम गर्दै आएका छन् । जनचेतना जगाउने सबैभन्दा पहिलो तहमा प्रहरी, जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी रहेका छन् ।

स्थानीय सरकारले घरघरमा गएर मास्क वितरणदेखि साबुन उपलब्ध गराउँदै व्यवहार परिवर्तन गरी लकडाउनलाई सघाउन आग्रह गरिरहेका छन् ।

प्रत्येक घर बाहिर ड्रममा पानी राखेर हात धुनु सर्वसाधारणको पहिलो काम हुँदै आएको छ । सबै स्थानीय तहले वडास्तरमा विपत प्रतिकार्य समूह गठन गरेका कारण निगरानी बढाउन सजिलो भएको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए । सामाजिक चेतनाका कामा गर्दै आएका गैरसरकारी संस्थाका गतिविधि भने अहिले सुस्ताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७