बेलायतमा दुई पूर्व गोर्खा सैनिकको निधन

लक्ष्मण श्रेष्ठलाई कोरोना संक्रमण


४ बैशाख २०७७, बिहीबार
ex gurkha aramy

लण्डन, ३ बैशाख। बेलायतमा दुई पूर्वगोर्खा सैनिकको निधन भएको छ । निधन भएका पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठलाई कोरोना संक्रमणको भएको पुष्टि भएको छ । भने सन्तविर गुरुङलाई कोरोना संक्रमणको शंका गरिएको छ । 

      दक्षिण पूर्वी लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका करिब ६० वर्षीय श्रेष्ठको बुधबार बिहान लण्डनस्थित गाइज अस्पतालनमा निधन भएको पासा पुच युकेका पूर्व अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । उनको नेपाल पुर्ख्यौली घर स्याङ्जा हाे । 

श्रेष्ठ ज्वरो आएपछि घरमै आइसोलेसनमा बसिरहेका थिए ।  उनी श्वासप्रश्वासमा समस्य भएपछि  अस्पताल  लगिएको थियो । अस्पतालमा जचाउँदा उनमा कोरोना पोजिटिभ देखिएपछि त्यही भर्ना गरी उनको उपचार हुँदै आएको थियो । श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् । श्रेष्ठका परिवार आइसोलेसनमा बसिसकेको र अहिले स्वास्थ्य अवस्था ठीक रहेको बताइएको छ ।

यस्तै पूर्व गोरखा सैनिक हस्तवीर गुरुङको बेलायतमा निधन भएको छ ।  उनलाई कोरोनाको शंका गरिएको छ  ।  उनी ननिटनस्थित जर्ज इलियट अस्पतालमा अप्रिल ५ तारिखको दिन भर्ना गरिएकोमा बुधबार दिउँसो साढे ३ बजे उनको निधन भएको हो ।

   क्वीन्स गोरखा इन्जिनियर्सका ७८ वर्षीय गुरुङको आर्मी २११५११९८ रहेको छ । उनले कर्पोरल पदबाट अवकास पाएका थिए । उनी ननिटनमा छोरी ज्वाइँका साथमा बसोबास गर्दै आएका थिए ।  
परिवारमा सबैलाई कोरोनाको लक्षणपछि छोरीज्वाइँसहित गुरुङ अस्पताल भर्ना भएका थिए । छोरी र ज्वाइँ उपचारपछि घर फर्केका छन् । उनको पुर्ख्यौली घर तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ रहेको छ । उनी सन् २०१२ देखि युकेमा बसोबासरत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७