ललितपुरकी कञ्चन अमात्यलाई बेलायती शाही परिवारबाट सम्मान र पुरस्कार


३० बैशाख २०७७, मंगलवार
kanchan 123

काठमाडौं, ३० बैशाख । अमेरिकाको प्रतिष्ठित रियालिटी शो ‘अमेरिकन आइडल’ मा नेपाली मूलका युवा दिवेश पोखरेल उत्कृष्ट सातौं स्थानमा पुगेर नेपालीको नाम गौरवान्वित बनाइरहेका बेला बेलायतमा एक नेपाली चेलीले यस्तै सफलता हात पारेकी छन् ।

ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी नेपाली चेली कञ्चन अमात्यलाई शाही सम्मान साथ मानवता सेवा पुरस्कार प्राप्त भएको छ ।

उनलाई बेलायती शाही परिवारद्वारा उनले मानवता र सामाजिक कार्यमा गरेको असल कामको मूल्यांकन गर्दै उनलाई उक्त सम्मान गरिएको हो । बेलायती शाही परिवारको एक प्रतिष्ठित नागरिक सम्मान पाइने उच्च पुरस्कार हो ।

उक्त पुरस्कार १९ वटा अन्य राष्ट्रहरूका व्यक्तिहरूलाई अमात्यसहित सम्मान गरिएको छ । जसमा बेलायत, क्यानाडा, मलेसिया, नाईजेरिया, तान्जेनिया र भारत समेत रहेका छन् ।

उक्त पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाई लर्ड एर्ल स्पेन्सर पुरस्कार समारोहमा वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरू समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

सम्भवत उनी यो सम्मान पाउने पहिलो नेपाली युवा नेतृत्व हुन् । गत वर्ष २०१९ मा अमात्यले डायना अवार्ड रोल अफ अनर बाट सम्मानित भै सकेकी थिइन् । पुरस्कार कञ्चन अमात्यकि आमा कृष्ण अमात्यले ग्रहण गरिन् ।

आमा कृष्ण अमात्यले एक आमाको रूपमा एउटा बच्चा (कञ्चन) पाएकोमा अत्यन्त गर्व गर्छु भनेकी छिन् । कञ्चनले उक्त पुरस्कार अन्तर्राष्ट्रिय आमा दिवसको अवसरमा म यो पुरस्कार विश्वभरिका सबै आमाहरूलाई र विशेष गरी मेरी आमालाई समर्पण गर्दछु जो मेरो जीवनको ज्योति हुन् । जसले सबै कठिनाइहरूको बाबजुद पनि– मेरो उत्तम पालनपोषण सम्भव भएको जनाएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७