नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवानमा कोरोना संक्रमण


३१ बैशाख २०७७, बुधबार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, ३१ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व गृहमन्त्री भीम रावलको एक सुरक्षागार्डमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेता रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जना जवानमा कोरोना संक्रमण देखिएको हो छ ।

रामेछाप भएका २७ वर्षीय ती सशस्त्र जवान भक्तपुर दुवाकोटामा बस्दै आएको स्रोतले जानकारी दिएको छ । नेता रावलको सुरक्षामा ९ जना सशस्त्र प्रहरी खटिँदै आएका छन् । सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत ती सशस्त्र जवान हाल टेकु अस्पतालमा भर्ना भएका छन् ।

मंगलबार एकै दिन नेपालमा ८३ जनामा कारोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये तीन जना काठमाडौँ उपत्यकाका हुन् । उनीहरु कञ्चनपुर र सुनसरीबाट लकडाउनका समयमा पास लिएर गाडीमा आएको खुल्न आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७