कोरोनाबारे डब्ल्यूएचओको डरलाग्दो चेतावनी : भाइरस शायद कहिल्यै उन्मुलन हुने छैन


१ जेष्ठ २०७७, बिहीबार
who director general scaled

काठमाडौं, १ जेठ । विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै सबैलाई चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोना भाइरस उन्मुलन हुन नसक्ने अथवा हामीबीच रहिरहने सम्भावना व्यक्त गरेका छन् । उनले एचआईभीको उदाहरण दिँदै यो भाइरस पनि हालसम्म उन्मुलन हुन नसकेको बताए ।

माइकल रयानले भ्याक्सिन बिना सर्वसाधारणलाई यो रोगका लागि प्रतिरोधी क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौ लाग्न सक्ने बताएका छन् ।

कोभिड–१९ को भ्याक्सिन तयार गर्न अनेकौं कोशिस भइरहेका छन् । मोटामोटी रुपमा कोभिड–१९ का लागि कम्तीमा सय भ्याक्सिन बनाउने कोशिस भइरहेको छ । तर संसारभरीका विज्ञले यस्ता कुनै भ्याक्सिन तयार हुनै नसक्ने बताएका छन् ।

यद्यपि, संसारका विभिन्न देशले लकडाउन खुकुलो पार्न थालिसकेका छन् । यसमाथि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनोम गिब्रयेससले यसका कारण संक्रमणको गति बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् ।

गिब्रेयासले भने, ‘थुप्रै देश हालको लकडाउनको स्थितीबाट बाहिर निस्कनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । तर विश्व स्वास्थ्य संगठनले संसारभरीका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशलाई अहिले पनि सबैभन्दा उच्चतम स्तरमा अलर्ट रहन आवश्यक छ ।’

लकडाउन खुकुलो पारिएको बारे रयाले आफ्नो पत्रकार सम्मेलनमा भने, ‘जुन देशले आफूलाई खुकुलो पारिरहेको छ त्यहाँ ‘जादुमय सोच’ ले काम गरिरहेको छ । रयानले जनजीवन सामान्य हुन निकै धेरै समय लाग्ने उनले बताए ।

उनले भने, ‘हामीले वास्तविकताका साथ सोच्नुपर्ने हुन्छ, यो महत्वपूर्ण पनि छ । मेरो विचारमा कसैले पनि यो भाइरस कहिलेसम्म रहन्छ भन्ने बारे बताउन सक्दैन । यसका लागि कुनै वचन दिन सकिँदैन न नै कुनै मिति तोक्न सकिन्छ ।’

माइकल रयानले यो भाइरसको निदान खोज्नु एउटा लामो प्रक्रिया भएको र यो कहिले पनि पूरा नहुन पनि सक्ने बताएका छन् । रयानका अनुसार यदि कोभिड–१९ को भ्याक्सिन तयार भइहाले पनि त्यो सुरुमा परीक्षण गरिनुपर्छ र कोरोना भाइरसको नियन्त्रणका लागि निकै ठूलो प्रयासको आवश्यकता पर्छ ।

यस्तै विश्व स्वास्थ्य संगठनको महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले पनि भनिन्, ‘हामीले यो माइन्डसेट बनाउनु पर्छ कि यो महामारीबाट बाहिर निस्कनका लागि समय लाग्नेछ ।’ बीबीसीबाट

w

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७